Websoft University

महँगीको मार, सरकार बनौँ जिम्मेवार


बिराटनगर फागुन  २२ गते । रातो तारा डट कम,  दैनिक उपभोग्य वस्तु लगायत निर्माण सामग्रीहरुको मूल्य आकाशि रहँदा त्यसको दोष उद्योगी÷व्यवसायीहरु नै रहेको भनी कपोकल्पित समाचारहरु सुनिन आएकोमा त्यस प्रति मोरंग व्यापार संघको गम्भिर ध्यानाकर्षण भएको छ । हालको महंगाईका सम्बन्धमा निम्न तथ्य र सुझाव सहित यस संघको धारणा यसै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न चाहन्छौँ ।

मंहगी बढ्नुको मूल कारणः-

अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको अत्याधिक मूल्यवृद्धि भएका कारण महंगी बढ्न गएको हामीले बुझेका छौँ । यस कुरालाई संलग्न तथ्यांक मार्फत प्रस्ट्याउन चाहन्छौँ ।

उपरोक्त तथ्यांकले आयातमा आधारित हाम्रो मुलुकमा भएको हालको मुल्यवृद्धिको कारक उद्योगी÷ व्यवसायीहरु नरहेको प्रस्ट दर्शाएको छ । यद्दपी, हालको मुल्यवृद्धि नियन्त्रण गर्न नेपाल सरकारले ठूलो भूमिका निर्वाह गर्न सक्ने हाम्रो बुझाई रहेकोले सरकार जिम्मेवार बनी निम्न केही उपायहरु समयमै अवलम्बन गर्न सुझाव दिन चाहन्छौँ ।

बजेट भाषण मार्फत मात्र भन्सार महशुल निर्धारण गर्ने परिपाटीको अन्त्य गरी महँगाईलाई ध्यानमा राखी कुनै पनि वखत भन्सार महशुल घटबढ गर्न सकिने व्यवस्था गरिनु पर्दछ ।

सरकारले खाद्य संस्थान, साल्ट टे«डिङ, नेश्नल ट्रेडिङ जस्ता सरकारी निकाय मार्फत खाद्य वस्तुको व्यवस्थित द्यगााभच क्तयअप राख्ने व्यवस्था गरिनु पर्दछ ।

खाद्य लगायत बढी भन्दा बढी सामानमा स्वदेशी आत्मनिर्भरता बढाउने नीति ल्याइनु पर्दछ ।

स्वदेशी उद्योग र कृषकको संरक्षणका लागि ऋणमा अधिकतम् ५÷७ प्रतिशत व्याजदर कायम गरिनु पर्दछ ।

बैंकले स्वदेशी उद्योग र कृषकलाई चाहिए जति ऋण सहुलियत दरमा प्राथमिकताका साथ उपलब्ध गराउनु पर्दछ ।

उद्योगहरुको लागत कम गर्न श्रम नियमहरुमा केही वर्षका लागि सहयोग गर्ने जस्ता नीति ल्याई उत्पादकत्व बढाउने रणनीति बनाउनु पर्दछ ।

स्वदेशी उद्योगहरुको लागि ५ वर्षीय नीति ल्याई उद्योगहरुको स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा आयात प्रतिस्थापन गर्ने नीति ल्याइनु पर्दछ ।

उद्योगका लागि ५० प्रतिशत छुट र कृषकको लागि निःशुल्क रुपमा विद्यूत उपलब्ध गराइनु पर्दछ ।

खाद्य सामान, औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुहरुको ढुवानीको लागत घटाउन  सरकारले करको दरहरु घटाउनु पर्दछ ।

नीति निर्माण गर्ने सरकार र नीति पालना गराउने राष्ट्र सेवक कर्मचारीहरु जनताको समस्या प्रति संवेदनशील एवं उत्तरदायी हुने नीति ल्याइनु पर्दछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.