Websoft University

छैठौँ संस्करणको सिसिएल क्रिकेटको उपाधि आरतीलाइ


विराटनगर फागुन  २९ गते । रातो तारा डट कम,विराटनगरमा पहिलो ‘डे एण्ड नाइट’ फम्र्याटमा आयोजना गरिएको छैठौँ संस्करणको रमपम कर्पाेरेट क्रिकेट लिग (सिसिएल) क्रिकेट प्रतियोगिताको उपाधि आरती ब्लास्टर्सले जितेको छ ।


माहेश्वरी युवा मञ्च विराटनगरले शंकरपुर खेल मैदान विराटनगरमा आयोजना गरेको सिसिएलको फाइनल खेलमा आरतीले एनबीएससी लायनलाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको एनबीएससीले  निर्धारित ८ ओभरमा ३ विकेट गुमाई ७८ रनको सामान्य स्कोर बनाएको थियो । एनबीएससीका दिपेश कँडेलले ३१ रन बनाउँदा फिर्दोस अन्सारीले १५ रन बनाए । आरतीका नितिष कुमारले सर्वाधिक २ विकेट लिए ।  

जवाmमा ७९ रनको सामान्य लक्ष्य पछ्याएको आरतीले ५ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजय लक्ष्य भट्टाएको थियो । आरतीकालागि धिरज कुमार २४ रनमा अविजित हुँदा नितिष कुमार १९ रनमा अविजित भए । एनबीएससीको तबरेज आलमले १ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच आरतीका अलराउण्डर खेलाडि नितिष कुमार घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडि एनबीएससीका फिर्दोस अन्सारी घोषित हुँदा उत्कृष्ट ब्याटर एनबीएससीकै दिपेश कँडेल भए । उत्कृष्ट बलर आरतीका नितिष कुमार भए ।

विजेताले नगद ४१ हजारका साथै ट्रफि र चाँदीको सिक्का तथा उप–विजेतालाई नगद २१ हजारका साथै ट्रफि र चाँदीका सिक्का वितरण गरिएको थियो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकाश मन्त्री राजन राई, एसियन थाईफुट्सका निर्देक महेश जाजु, माहेश्वर िसमाज विराटनगरका कावा अध्यक्ष मुकेश राठी र माहेश्वरी युवा मञ्चका अध्यक्ष जतिन राठीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

फागुन २३ गतेदेखि शुरु भएको प्रतिकोगितामा विराटनगरका १४ वटा कर्पोरेट हाउसको सहभागि रहेको थियो ।


 


 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.