Websoft University

ब्राउन सुगर सहित २ जना पक्राउ


झापा, २०७८ फाल्गुन २९ गते । झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ बर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारी का ३६ बर्षीय रेस बहादुर सार्की रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने हिजै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.