Websoft University

अबैध औषधि बोकेको गाडी सहित चालक पक्राउ


झापा,२०७८ फागुन २८ गते । रातो तारा डट कम,झापाको बुद्धशान्ति गाऊपालिका ४ स्थितबाट ठुलो परिमाणमा अबैध औषधि बोकेको गाडी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गाडी चालक ईलाम सुर्योदय नगरपालिका ३ का ३० बर्षीय सईन्द्र राई रहेका छन् ।

हिजो बेलुका सँवा ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपी ल्याउदै गरेको  
Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता, ZEEGOLD women soft Gelatin capsules १५०पत्ता, ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता, ZINCOCET २०० पत्ता, KT5Derm ७०० पत्ता, Gulfadryl ४५६ वोतल, ZENEGRA RED100 ८८४०पत्ता, Labdic Relief  २०० पिस, ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता, InsTAZIN १८०० पत्ता र  PARABOOST 650mg १६०० पत्ता अबैध औषधी बरामद गरि गाडी र चालकलाई पक्राउ गरिएको हो । सो परिमाणको अबैध औषधी अन्दाजी ६९ लाख भन्दा बढी मुल्य रहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

बरामद भएको अबैध औषधी थप अनुसन्धानको लागी औषधी ब्यावस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.