Websoft University

अदालतको परमादेशबाट बाहिरीन बाध्य बनाईयो- अध्यक्ष केपी ओली


श्याम राई-उदयपुर  गाईघाट, ११ चैत्र। रातो तारा डट कम, नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक षडयन्त्रको कारण एमाले सरकारबाट बाहिरीनु परेको बताएकाछन् ।


हामी जनताको अदालतबाट बाहिरीएका हैनौ । हामीलाई अदालतको परमादेशबाट बाहिरीन बाध्य बनाईयो । ’ अध्यक्ष ओलीले भने,‘ हामी केही समयको लागि मात्र सरकारबाट बाहिरीएका हौ, फेरी जनताले हामीलाई स्थापित गरेर सरकारमा पु¥याउने छ ।’ उनले भने । उनले अनैकौ जालझेल र टिकडम बाजी गरेर अदालतको परमादेशबाट सरकारबाट बलजफती हट्न बाध्य पारिएको बताए ।


नेकपा एमाले उदयपुरले शुक्रबार गाईघाटमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष ओलीले बैशाख ३० गतेको निर्वाचनपछि पार्टी छाडेर जानेहरुको हवीगत देखिने बताए । ‘ चोक्टा खान गएकाहरुलाई लोप्पा खुवाउने उपयुक्त मौका आएको छ ।’ स्थानीय तहको निर्वाचन त्यसको लागि राम्रो मौका हो ।’ उनले भने । ओलीले नेपाल समूहलाई लक्षित गर्दै भने पिलो निचार्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो । अब हाम्रो वजन निकै बढी सकेकोले एमाले प्रति जनताको विश्वास झनै बढेको बताए ।


उनले एमालेले सरकारको नेतृत्व गरेको बेला मूलुक भरी विकास निर्माणमा बजेटको अभाब नभएको तर अहिले अर्थतन्त्र ध्वस्त भएकोले विकास, निर्माणको योजनामा पैसाको अभाब भएर गति लिन नसकेको बताए ।

‘ मेरो पालामा धरहरा, रानीपोखरी, विभिन्न सडक राजमार्ग, अस्पताल, कृषि पूर्वाधारमा पर्याप्त बजेट थियो । तर अहिले तिनै योजनामा बजेट अभाबमा कटौती भएकाछन् ।’ उनले भने । सरकारको नेतृत्व फितलो भएको कारण अहिले मूलुकको आर्थिक स्थीति जर्जर बनेको उनले बताए ।

उनले सरकारले ४ रुपैया प्रति युनिटमा विक्री गरेर ३८ रुपैया भारतबाट विजुली खरिद गरिरहेको विषय रहस्यमय भएको बताए ।‘ हामीले मुलुक भर लोडसेडिङ्ग पूरै हटाएका थियौ । तर अहिले फेरी लोडसेडिङ्ग शुरु गरिएको छ । कस्तो अचम्म महङ्गोमा किनीएर पनि फेरी नेपाली जनतालाई अध्यारोमा राख्न खोजिएको छ ।’ उनले भने ।

अध्यक्ष ओलीले त्रियुगा नगरपालिका–१० बोक्से स्थित मदन मण्डारी अस्पतालको भवन तथा सेवा विस्तारको उद्घाटन समेत गरेका थिए । कार्यक्रममा उनले माओवादी, नेपाली कांग्रेस, राप्रपा लगायतका पार्टी परित्याग गरेका एक हजार कार्यकर्तालाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.