Websoft University

सुन्दरहरैंचामा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु


शिव भट्टराई चैत ११ गते । रसतो तारा डट कम,मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा २ दिने प्रतियोगिताको उद्घाटन गरिएको हो ।


प्रतियोगितामा ९ जिल्लाका खेलाडीहरूको सहभागिता जनाएका छन्।त्यसैगरी प्रतियोगिता तिनपैनी डोजाङका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षता तथा नेपाली काग्रेस मोरङ क्षेत्र नम्वर ६ का सभापति देवराज तामाङको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङ्गले आफू पनि कराँतेको खेलाडी भएको स्मरण गर्दै खेलबाट प्राप्त गरेको शिक्षा र अवसर जीवनभरि काम लाग्ने बताएका छन्।


तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका छन भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा हुने भएको छ ।शुक्रबार सुुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ५का राम रिजाल, नेपाली कांग्रेस सुन्दरहरैंचा वार्ड नं ४ का वडा सभापति साथै सामाजिक व्यक्तित्व कैलाश बस्नेत, नेपाली कांग्रेस वार्ड नं ५ का वडा सभापति घनश्याम न्यौपाने लगायत विभिन्न सामाजिक साथै राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.