Websoft University

मिल्स गोल्डकप सुरू : उद्घाटन खेलमा धरान बिजयी


विराटनगर चैत ११ गते । रातो तसरा डट कम, विराटनगरमा शुक्रबारदेखि सुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी भइ सेमिफाइनलमा पुगेको छ । 


मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एघार मोरङलाई ‘सडन डेथ’ मा ७–६ गोलले हराउँदै धरान सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि खेल टाइब्रेकरतर्फ ढकलिएको थियो । धरानले नतिजाका लागि सडन डेथसम्म संघर्ष गर्नुप¥यो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेले । गोलरहित बराबरीपछि समय अभावले खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट निस्किएको हो ।

सडन डेथमा धरानका दोर्जे तामाङ्ग, मिलन राई, मनोज राई, हेमन्त थापा मगर, दिवस सुनवार, जीवन गुरूङ र कपन कार्कीले विजयी गोल गरे । सुशिल राइको प्रहार उर्लाबारीका गोलकिपर देव लिम्बुले सेभ गरिदिए । उर्लाबारीका रोहन चौधरी बल पोस्टमा ठोक्किएर फर्किएको थियो ।  राज बोहोराको सशक्त प्रहार धरानका गोलकिपर किशोरी गिरीले उत्कृष्ट सेभ गरिदिए । उर्लाबारीको लागि धरानका गोलकिप किशोर बाधक बनिदिए । उर्लाबारीका मिक्चेन तामाङ्ग, पासाङ तामाङ, रोवट घिमिरे, विकास राई, जंग खड्का, मिसेस पुरी र राज बोहोराले गोल गरेका थिए । 

दोस्रो हाफदेखि आक्रमक  खेलेको धरानले एक दर्जन गोल गर्ने अवसर खेर फाल्दा जित निकाल्न सडन डेथ कुर्नप¥यो । धरानका मिलान राईले ४५ 

मिनेटमा दोस्रो बार च्यापेर गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५० मिनेटमा बललाई एक्लै अगाडी बढाउदै मिलने बक्सभित्रबाट गरेको कडा प्रहारले पोस्टको दिशा लिन सकेन । धरानका तपन कार्कीले ६०  औं मिनेटमा गरेको कडा प्रहार उर्लाबारीका गोलकिपर देव लिम्बुले पञ्च गरेर फर्काए ।

उर्लाबारीका रोबट घिमिरेको ६५ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा अगाडी बढाएको बल पोस्ट नजिकैबाट बाहिरियो । ६८ औं मिनेटमा उर्लाबारीका रोबर्टले करिब ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार पनि बाहिरियो । खेलको म्यान अफ द म्याच धरानको गोल किपर किशोर गिरी घोषित भए । शनिबारको खेल एन्फा एकेडेमी धरान सुनसरी र दमक एकेडेमी झाप बिच प्रतिस्पर्धा हुनेछ । 

चैत १८ गतेसम्म हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा गोधुली क्लब धरान, उर्लाबारी एघार मोरङ, गाइघाट एघार उदयपुर, साईनो स्पोर्टस क्बल विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एसपीएफ पकली र गोलबारज प्रतिभा फुटबल क्लब सिराहको सहभागि रहेने संयोजक किशोर सुब्बाले जानकारी दिए । 

प्रतियोगिताको बिजेता   नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उप बिजेताले नगद १ लाख १ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.