Websoft University

आज विश्व पानी दिवस


काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर पानी दिवस मनाउने गरेका छन । ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ भन्ने नाराका साथ यो विश्व पानी दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा खानेपानी मन्त्रालयलगायत सरोकारवाला निकायको आयोजनामा काठमाडौँको सुन्दरीजलमा विशेष कार्यक्रम हुने उल्लेख गरेका छन । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवसको अवसरमा नेपाल सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत नागरिकले पानीको उपयोग गरिरहेको सरकारको दावी छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.