Websoft University

शुभकामना

 


बिराटनगर । रातो तारा डट कम,शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसारको सुखद अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्दछु । 

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पाहरूको नयाँ वर्ष हो । प्रकृति पूजक शेर्पाहरू ग्याल्पो ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्दछन् । ल्होसारका दिन यो समुदायमा आफन्त, नातागोता, इष्टमित्र र घरगाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्ने, मिठोमसिनो खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गर्ने चलन छ । 

त्यस्तै घरआँगन तथा घरको छतलगायत गुम्बा, चैत्यहरूमा भएका पुराना ध्वजाहरू आजको दिन हटाएर नयाँ ध्वजाहरू राख्ने गरिन्छ । विभिन्न मन्त्रहरू लेखिएका कपडाका यी ध्वजाहरू हिमाली हावाले हल्लाउँदा एकखालको संगीतमय भाव सिर्जना पुग्दछन् । यी ध्वजाहरू संसारभरि शान्तिको एउटा अद्वितीय कामनाका लागि फर्फराउँछन् भन्ने जनविश्वास छ । 

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । 

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा ग्याल्पो ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७८ फागुन १९ गते, बिहीबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.