Websoft University

माधव नेपालको चासोसगै धरानमा नेकपा एसको संगठन निमार्ण अभियान सशक्त बन्दै


सुनसरी । नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन ।


सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा नेकपा एकिकृत समाजवादीले स्थानिय तहको चुनाव नजिक आएसगै वडा टोल संगठन निर्माण अभियानलाई व्यापक बनाएको हो ।

नेकपा एकिकृत समाजवादीका धरानकी उपसचिव अमृता रमदान सेन्चुरीका अनुसार शनिवार धरान ५ नम्बर वडाको भेलाले दिलकुमारी लिम्बुको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बु रहेका छन ।

वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरणगरेकाथिए । भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णीमहाङ फम्बो, जिल्ला सदस्यहरु लोकनाथ निरौला, नन्द सिह श्रेष्ठ, सुर्य राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपसचिव अमृता रमदानले धरानका सवै वडामा पार्टी र जनवर्गिय संगठनका वडा तथा टोल कमिटी बनाउने अभियानलाई अझ प्रभावकारी बनाउदै उपमहानगर क्षेत्रमा न्युनतम ५ हजार पार्टी सदस्य बनाउने लक्ष्य लिएर जनताका बिचमा गएको बताइन ।


    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.