Websoft University

सुन्दरहरैंचामा १८ महिनाका बालिकाको संकास्पद मृत्यु, बलत्कार गरी मारेको आशंका


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरंगको सुन्दरहरैंचा नगरपालिका – ७ मा १८ महिनाको अबोध बालिका शंकास्पद अबस्थामा घर नजिकैको झाडीमा अचेत फेला परिन । गछिया खोला छेउ नजिकैको झाडीमा राज कुमार मण्डलकी छोरी करिश्मा मण्डल अचेत अवस्थामा भेटिन।


घटना घटेपछि ओम साइ स्वास्थ्य उपचार केन्द्रमा हिजो शुक्रबार ६ बजेर ३० मिनेटमा नाबालिकालाई उपचारका लागि ल्याएको थियो। डाक्टर निशिल ढुंगानाका अनुसार नाबिलकाको योनिबाट रगत बगेको, आँखा पल्टाइ सकेको बताए। उनका अनुसार सेक्सुअल हेर्सेमेंटको केश आंशकामा स्थानीय प्रहरीको सहयोगमा नोबेल मेडिकल कलेज बिराटनगर लान सुझाब दिए। अस्पताल लैजाने क्रममा मृत्यु भएको बुझिएको छ। फोरेन्सिक ल्याब टेष्टको रिपोर्ट भने आउँन बाँकी रहेको छ।


शनिबार पिडितलाई न्याय दिनका लागि स्थानियले इलाका प्रहरी चौकी गछियामाा नारबाजी गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरे। बलत्कार गरि हत्या गरिएको समेत आशंका  गरिएको स्थानियको भनाई छ । स्थानीय प्रहरी प्रशासन , राजनैतिक दल, महिला अधिकारकर्मीहरुको सर्वपक्षीय भेलालले घटनाको सत्य तथ्य छानबिन गर्न र दोषीलाई हदै सम्मको कारबाही गर्न अनुशन्धानलाई चाडो भन्दा चाडो टुंगोमा पुर्याउन सोहि वडाका अध्यक्ष चैतन्य प्रसाद सिटौलाको अध्यक्षतामा रचना राईको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ।

समितिले पिडित परिवारलाई उचित क्षतिपूर्तिको ब्यबस्था स्थानीय सरकारले गर्नु पर्ने, आउँदा दिनमा यस प्रकारका जघन्य अपराधका घटना घटन नदिन स्थानीय प्रशासन प्रतिबद्ध गर्नु पर्ने, अपराधीलाई जन्मकैदको संजाय गरिनुपर्ने, अबिलम्ब अपराधीलाई सार्बजिक गर्नु पर्ने माग गर्दै स्थानीय प्रशासनलाई ध्यान आकर्षण गराएका छन।

अर्को तर्फ भने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार शंकास्पद ३ जना आरोपीलाई नियन्त्रमा लिएर अनुसन्धान भई रहेको र सिंगो मोरंग प्रहरी, प्रदेश प्रहरी, इलाका प्रहरी बेलबारी, गछिया लागि परेको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.