Websoft University

दुवै सदनको अधिवेशन अन्त्य गरियो–चालु अधिवेशनबाट कुनै ठोस काम भएन


काठमाण्डौ चैत २ गते । रातो तारा डट कम, दुवै सदनको चालु सङ्घीय संसदका अधिवेशन अन्त्य गरीएको छ । मन्त्रिपरिषद बैठकले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि गएराति १२ बजेबाट संघीय संसदको अधिवेशन अन्त्य भइसकेको छ । 

संघीय संसदले सूचना जारी गर्दै संसद अधिवेशन अन्त्य भएकाले आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक र माघ १६ गते स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य भएको बताएको छ । 

मङ्सिर २८ गते शुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएको संसद् सचिवालयले जनाएको छ । यो संसद अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्धको महाअभियोग प्रस्ताप पनिअड्कियो ।

यो देउवा सरकारका पालामा चालु रहेको सङ्घीय संसदका दुबै सदनले कुनै ढोस काम गर्न सकेन बरु आम मजनताले विरूद्ध गरेको एमसीसी जस्तो देशका लागि घातक कुरा मात्र पास भएको नेपाली जनताहरुले अहिले जिकिर गर्दै आएका छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.