Websoft University

दुखद खबर-संखुवासभामा बस दुर्घटना हुँदा ड्राइभर सहित १६ जनाको मृत्यु


बिराटनगर फागुन २६ गते । रातो तारा डट कम,सखुवासभा मादी ओखरबोटेबाट इटहरी आउन छुटेको रेशम फिलिलि बस  मादी नगरपालिका- ६ पुलुङ सात घुम्तिमा पल्टिएको छ। बस दुर्घटनामा परी १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इटहरी तर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब आठ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको    छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको र बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले बताएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.