Websoft University

प्रहरी जवान उर्मिला श्रेष्ठको दाहसस्कार भयो


गाईघाट ८ चैत । रातो तारा डट कम,मोरङको लेटाङमा आक्रमणकारी समूह बाट मारीएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गृह जिल्ला उदयपुरमा मंगलबार दाहसस्कार  गरीएको छ । त्रियुगा नगरपालिका —१६ को डिहिटार स्थित मृतकको घर पछाडी को खुला चौरमा शव लाई खाल्टो खनेर राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेद प्रसाद गौतमले बताए । दाहसस्कारको क्रममा मृतक प्रहरी जवान श्रेष्ठ प्रति नेपाल प्रहरीले शोक सलामी दिएको थियो । मृतक को परिवार लाई डिएसपि गौतमले किरीया खर्च वापत २५ हजार नगद दिएका थियो । मोरङको लेटाङ —५ मा एक छात्रा माथी शिक्षकले गरेको यौन दुव्यवहार को घटना पछि भएको तनावमा कर्तव्यपालनको सिलसीलामा हतीयार प्रहार हुदा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो । उदयपुर घर भएकी उनी तिन वर्ष अघि प्रहरी सेवामा प्रबेश गरेकी थिइन् । गाईघाट स्थीत त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा बाट विएड पास गरेकी उनको एक वर्ष अघि  मात्र विवाह भएको थियो ।  प्रहरी जवान श्रेष्ठको मृत्युले पूरै गाउमा शोकमा दुवेको छ । उनको दाह सस्कारमा  ठूलो संख्यामा गाउलेहरुको उपस्थिती रहेको थियोे ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.