Websoft University

एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा


बिराटनगर फागुन २३ गते । रातो तारा डट कम,एनएमबि बैंकले  सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक श्री पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूख कार्यकारी अधिकृत श्री सुनिल के.सि.को विशेष आतिथ्यता तथा एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख श्री उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो । उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष श्री योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत श्री गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारीत काउण्टरका प्रमूख श्री भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमूख श्री लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष श्री गोविन्द फुयाल अतिथीको रुपमा रहेका थिए । 

कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत के.सि. वडाध्यक्ष भण्डारीले शुभकामना स्वागत मन्तब्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारीत काउण्टरका प्रमूख न्यौपानेले धन्यवाद मन्तब्य राखेका थिए । शुभकामना मन्तव्यकै क्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत के.सि.ले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव मालपोत कार्यलय बेलबारीमा नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनुरोध गरेका छन् । 

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

एनएमबि बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.