Websoft University

बालविकास सहजकर्ता(इसीडी शिक्षक) कर्मचारीलाई सङ्घीय सरकारले नै तलब दिने र स्थायीको प्रक्रिया अगिबढाइने सहमती,


काठमाण्डौ फागुन १८ गते । रातो तारा डट कम, प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई अब स्थायी गरिने भएको छ । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई स्थायी गर्ने सहमति भएको जनाएको छ । सहमतिमा इसीडी शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी महासंघ सँग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोगमार्फत उमेर हद नलाग्ने गरी आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख गरिएको छ । स्थानिय सरकारहरुले समयमै तलव खुवाउन आनाकानी गरेको भन्दै, अव देखि इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई नयाँ आर्थिक वर्ष देखि सङ्घीय सरकारले नै तलब दिने सहमति सरकारले गरिसकेको जनाएको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.