Websoft University

एभरेष्टको कविता प्रतियोगितामा चौलागाईं प्रथम


विराटनगर फागुन २७ गते । रातो तारा डट कम,विराटनगरस्थित एभरेष्ट कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कक्षा १२ का विद्यार्थी प्रकाश चौलागाईं प्रथम भएका छन् ।

डेढ दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ‘युद्धले के पायो त’ शीर्षकको कविता वाचन गरेर चौलागाईं प्रथम भएका हुन् । त्यस्तै ‘नारीवाद’ शीर्षकको कविता वाचन गरेर जोस्ना श्रेष्ठ द्वितीय हुँदा ‘द सिप अफ लाइफ’ शीर्षकको अंग्रेजी भाषाको कविता सुनाएर मोनिका ढकालले तृतीय स्थान प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित, माधवप्रसाद मुकुन्द, निर्णायक मिसन धमला र प्रतिमा कार्कीको निर्णायक समितिले सृष्मा काफ्ले र रासिका पोखरेललाई सान्त्वना पुरस्कारका लागि विजेता घोषणा गरेको थियो । काफ्लेले ‘प्राणभन्दा प्यारो देश’ र पोखरेलले ‘नयाँ गाउँ’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । 

अग्रज साहित्यकार मधु पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका विद्यार्थीहरुले अप्रतियोगी कविता र गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कलेजले कविता प्रतियोगिता आयोजना गरेको सहायक प्रधानाध्यापक नारायण कडरियाले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.