Websoft University

साजीलाल माविले विभिन्न कार्यक्रम गर्दै मनायो ५६औं वार्षिकउत्सव


शिव भट्टराई,मोरङ फागुन २७ गते । रातो तारा डट कम, मोरगंको सुन्दरहरैंचा ६ मा रहेको साजिलाल माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गर्दै ५६औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।५६औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा शिक्षा विकास तथा समन्नवय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गिता शर्मा घिमीरेको अध्यक्षता रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले निजी विद्यालय भन्दा सामुदायिक विद्यालयहरूमा शैक्षिक साथै भौतिक पूर्वाधारको गुणस्तर वृद्धि हुँदै आएको बताउँदै भावी दिनमा पनि सामुदायिक विद्यालयहरूले अझै प्रगति गर्दै जाने लक्षण देखिएको बताएका छन्।


त्यसैगरी उनले अक्षयकोषको सही सदुपयोग गर्नु पर्ने समेत बताएका छन्।

वि.सं.२०२२सालमा स्थापना भएको विद्यालयमा हाल  २हजार ८सय २४ जना विद्यार्थी बाल कक्षा देखि १२ सम्म अध्ययनरत रहेको विद्यालयका प्रद्यानाध्यापक कल्याण प्रसाद सिटौलाले बताएका छन्।

दुलारी ब्लक र गछिया ब्लक गरी दुई स्थानमा छुट्टाछुट्टै अध्ययन अध्यापन हुदै आएको छ । अंग्रेजी माध्यमबाट समेत पठनपाठन हुने विद्यालयमा सिभिल इन्जिनियरिङ कोष समेत रहेको पनि प्रअ सिटौलाले वताए ।वार्षिक उत्सव कार्यक्रम अन्तर्गत चार कोठे विद्यालय भवन उद्धघाटन ,अक्षयकोष छात्रावृत्ति वितरण , खेलकुद प्रतियोगिताका विजयी खेलाडिहरुलाई पुरस्कार वितरण ,पुस्तक विमोचन, विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम सँगै विद्यार्थीहरुले वनाएका नमुना सहर प्रर्दशन, विद्यालयको जग्गादाता साजिलाल चौधरीको सालिकमा माल्यापर्ण , अवकास प्राप्त गर्न लागेका प्रद्यानाध्यापक सिटौलालाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

उक्त वार्षिकोत्सव कार्यक्रममा सहायक प्रधानध्यापक श्याम बाबु काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाका अध्यक्ष दुष्यन्त भट्टराई र नेकपा एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका बाबु ढकालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा विशिष्ठ अतिथि पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, पूर्व एस.पी नरेन्द्र उप्रेती, अतिथी नयाँ वृन्दावन गौशालाका संरक्षक दिनबन्धु शास्त्री सहित जनप्रतिनिधी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधी संघसंस्थाका प्रतिनिधी,अभिभावक , विद्यार्थी लगायतको सहभागिता रहेको थियो भने सोही विद्यालयका शिक्षक श्याम भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.