Websoft University

निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए


बिराटनगर २०७८ फागुन ३० गते । रातो तारा डट कम,सोमबार मोरंग व्यापार संघले मोरंग, सुनसरी औद्योगिक करीडोरका उद्योगी  व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेका छन् ।


सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र खर्च हुनु सरकारको निरिहपन देखिन्छ भने अर्कातर्फ कूल निक्षेपको १८ अर्बजति संस्थागत निक्षेप रहेको र बैंक ब्याजबृद्धि भई ११ प्रतिशत कायम हुनुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति ल्याउन मद्दत पु¥याएको छ तसर्थ यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा ल्याउन संघका अध्यक्ष श्री नवीन रिजालज्यूले पत्रकार सम्मेलनमा बताउनु भयो । अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा आजै मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायी सहित जिल्ला प्रशासन कार्यालय, मोरंगको प्रांगणमा सहायक प्रमुख जिल्ला अधिकारी श्री महेश कुमार तिम्सीनाज्यू मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।

मोरङ सुनसरी करिडोरका उद्योगी व्यवसायीहरुले राज्यको नीति विरुद्ध सडकमा आउनु भनेको देश भयावह अवस्थाको चित्रण गर्दछ । तसर्थ सरकारले समयमा नै अहिलेको अवस्थाप्रति गंभिर हुन जरुरी रहेको संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले बताउनु भयो ।

छिमेकी देश भारतमा दुई वर्ष अगाडी १४ प्रतिशतको ब्याज ७ प्रतिशत कायम भएको तर नेपालमा भने ७ वाट १४ प्रतिशत पुग्ने अनुमान लगाउन सकिन्छ साथै अर्थ मन्त्री जनार्दन शर्माले ब्याजबृद्धिको खेल आफूले पनि बुझ्न नसकेको भन्नु कति सान्दर्भिक र शोभनीय छ हामी आफैं अनुमान लगाउन सकिन्छ भन्दै संघका पूर्व अध्यक्ष श्री महेश कुमार जाजुज्यूले बताउनु भयो ।

यसैगरी संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यूले अहिलेको तरलताको अभावसँगै बैंकको ब्याजबृद्धिले समग्र अर्थतन्त्र सिथिल हुन पुगेको छ । संघका तर्फवाट हामीले विगत देखि वर्तमान समयमा पनि ब्याजदर घटाउने उपायहरु सरकार र राष्ट्र बैंकलाई सुझाव सहित दिएतापनि अहिलेसम्म पनि त्यस प्रति कही कतैबाट कुनै सकारात्मक संकेत नआउनु, नदेखिनु सरकारको लाचारीपन देखिन्छ ।

कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू, निवर्तमान प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष श्री महेश जाजूज्यू, श्री पवन कुमार सारडज्यू लगायत संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.