Websoft University

आज विश्व मिर्गौला दिवस


काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम, विश्व मिर्गौला दिवसको अवसरमा सरकार र सरोकारवाला निकायले मिर्गौला सम्बन्धी रोगको विषयमा जनचेतना फैलाउने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरेर नेपालमा पनि यो दिवस आज मनाइरहेका छन । 

मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुन सक्छ । मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अङ्गमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ । 

नेपालमा मिर्गौलाका बिरामीलाई सरकारले डायलासिस निःशुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनका लागि मानिस अझै सचेत हुन नसकेको मा बिज्ञहरुले चिन्ता व्याक्त गरेका छन । साथै उहाँले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै बिरामीमा लक्षणहरू देखिने गरेकोले अव मानिसहरुले यस्ताकुरामा बेलैमा आ आफनो स्वास्थ्यामा ध्यान दिन सबैलाई आग्रह पनि गरिएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.