Websoft University

प्रहरीले १५ वर्ष पछि बहराइनबाट पक्राउ गरी गुरूङलाइ नेपाल ल्यायो


पोखरा । रातो तारा डट कम,कास्कीको लेखनाथमा मजदुरको हत्या गरी विदेश भागेका एक जनालाई प्रहरीले १५ वर्ष पछि बहराइनबाट पक्राउ गरी नेपाल ल्याएको छ। कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त लेखनाथस्थित सातमुहानेका ४६ वर्षीय अशोक गुरूङलाई प्रहरीले १५ वर्षपछी बहराइनबाट पक्राउ गरेर नेपाल ल्याएको हो। उनलाई प्रहरीको इन्टरपोल शाखामार्फत बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त गुरुङले २०६३ वैशाख २९ गते बेलुकी कुटपिट गरी सख्त घाइते बनाएका मजदुर रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो । उक्त घ’टनामा संल’ग्न रहेका आरोपी गुरुङ घ’टनाप’श्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए । उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा रेड नोटिस जारी गरिएको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक का’नूनी का’रबा’हीका लागि जिल्ला प्र’हरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ । यसै गरी इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्र’तिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घ’टनाको छ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.