Websoft University

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् ः नोबेल मेडिकल कलेज

विराटनगर, २६ फागुन । रातो तारा डट कम,विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो ।

एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुँन सबैमा अनुरोध छ ।’

नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरस पालना गर्न कलेज प्रतिवद्ध रहेको नोबेलले जनाएको छ । त्यस्तै, विद्यार्थीहरुलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै वाधा व्यवधान नरहेको पनि नोबेलले जानकारी दिएको छ । 

हालसम्म नियमित अध्ययन प्रकृयामा समावेश नभएका विद्यार्थीहरुलाई यथासक्य चाडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागि हुँने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई अपिल पनि गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.