Websoft University

सुन्दरहरैंचामा ५५ जना बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश


मोरङ । रातो तारा डट कम,काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा प्रतिनिधि परिचालन गरी सुरु गरिएको छ । सोही अवसरमा नेपाली कांग्रेस वडा कार्यसमिति सुन्दरहरैंचा नगरपालिका वडा -३ को कृयाशिल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त वडाबाट ५५ जना बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेशगरिएको छ ।


राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश १ उप सभापति रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा पार्टी कार्यालयको उदघाटन गर्दै जनताको गरिबिको गित गाउने क्म्युनिष्टहरु आफुहरु कमाउने धन्दामा लागेका आरोप लगाए । मोरङ क्षेत्र नं. ६ बाट २ पट्क कम्युनिष्ट मन्त्री भए पनि बिकास नभएको बताए । रायमाझीले कांग्रेस अन्तर्राष्ट्रिय समुदायको बिश्वास जित्न सफल भएको छ। एउटा असल नागरिक एउटा असल रोजगारी जन्माउनु जरुरी रहेको बताए।  पार्टीलाई जिताउनु मात्र नेता  होइन जनताको नेता बने मात्र सच्चा नेता हुने र  जनताको सुखदुःखमा साथ दिने नेता बास्तबिक नेता हुने धारणा ब्यक्त गरे।

क्षेत्र नं. ६ कांग्रेसका सभापति देब राज तमाङ्गले कांग्रेस भित्रको कमि कमजोरीलाई चिरेर टोल टोलमा बसेर समस्याहरुको विश्लेषण गरेर एक जुट भएर बढ्नु पर्ने, कांग्रेसलाई कमजोर बनाउन चिया र पसलमा कांग्रेसको विरुद्धमा बोल्ने कार्यकर्तालाई कार्बाही होइन सम्मान गर्न सके मात्र सचेत हुने सकारात्मक धारणा प्रस्तुत गरे। पार्टीले गरेको कार्बाहीले झन पार्टी भित्र वैमनस्य बढ्ने हुँदा अब पार्टी विरुद्ध गलत प्रचार गरे सम्मान गरेर सकारात्मक सोचको बिकास गर्न सकिने बताए।

उक्त अवसर नेपाली कांग्रेस नगर सभापति भक्ती सिटौलाले आउने निर्वाचनका लागि पार्टी भित्रको तिक्ता र मनमुटावलाई हटाएर एक भएर नेपाली कांग्रेसलाई अघि बढाउन अनुरोध गर्दै कोहि कसैलाई उम्मेदवार बनाए पनि हामी एक डिक्का भएर अघि बढ्नु पर्ने धारणा ब्यक्त गरे। उक्त कार्यक्रममा सुन्दरहरैंचा २० जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.