मोरङ लेटाङ । रातो तारा डट कम, मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. का सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना बाहिएको थियोे ।
उक्त घटना बाहिरिएसँगै चैत ६ गते आइतबार विद्यालय परिसर तनावग्रस्त बन्यो।अभिभावक तथा छिमेकी विद्यालयबाट गएका विद्यार्थीहरूसमेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए ।
दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका छन् । उक्त घटनामा झडप हुँदा थुप्रै सर्वसाधारण र प्रहरी घाइते भएका छन् भने एकजना महिला सुरक्षाकर्मीको ज्यान समेत गएको छ।
घाइतेको उपचार कोशी अस्पतालमा भइरहेको महिला प्रहरीको लास पोष्टमाटमका लागि अस्पताल ल्याइएको बताएका छन। घटना अझैसम्म साम्य भएको छैन। हुने जस्तो देखि दैन। दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार राति अबेरसम्म पनि स्थानीयले नाराबाजी गरिरहेका थिए । प्रहरी बाट बिवरण आउन बांकी छ ।
Post a Comment