Websoft University

नयाँँ वृन्दावन गौशाला सुन्दरहरैंचामा ३५ फिट अग्लो गाईको मूर्ति चाँडै निर्माण हुने


 शिव भट्टराई मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा- ५ मा रहेको  राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालामा फूलको होली खेलेर  होली पर्वको मनाइएको छ।उक्त कार्यक्रममा नगर प्रमुख शिव प्रसाद ढकालले कार्यक्रमको समुदघाटन गर्दै फुलको  होलि खेल्दै नयाँँ वृन्दावन गौशालामा  गाई प्रतिमूर्ति बन्ने कुरामा केहि मिडियामा नकारात्मक प्रचार बाजि गरेको बिषयलाई खण्डन गर्दै आफ्नै कार्यकालमा ३५ फिट  अग्लो गाई प्रतिमूर्ति निर्माण  समपन्न हुने बताए।


सुन्दरहरैंचा नगरपालिकाको धार्मिक पर्यटकीय आस्थाको  केन्द्रको रुपमा बिकास भएको बताउदै नगर प्रमुख ढकालले  उक्त कार्यक्रममा नगराबासिमा होलि मिलनको शुभकामना व्यक्त गरे।


साथै विगत वर्ष १२ वर्ष देखि धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावनमा फूलको होली खेलेर मनाउने गरिए झै यस वर्ष पनि  होली मिलन महोत्सव आयोजना गरियो।  धार्मिक कार्यक्रमहरुमा फूलको होली खेलिने गरे बमोजिम बिगत १२ वर्ष देखि नयाँ वृन्दावन गौशालामा पनि फूलको होली खेल्ने गरिएको गौशालाका संरक्षक दिनवन्धुशास्त्रीले जानकारी दिए ।

गौशालाका संरक्षक  शास्त्रीले नगरको गौरबको योजनामा गाईको प्रतिमूर्ति निर्माणका बिषयमा करौडौ लगानीमा गाईको खुर मात्र बन्ने भ्रामक प्रचारको खण्डन गर्दै गाईको सम्पूर्ण कदको निर्माण संगै केहि महिना होइन केहि दिनमै प्रतिस्थापन गर्ने जानकारी दिए ।

संरक्षक शास्त्रीले मिसावटयुक्त रंग दलेर होली खेल्दा स्वास्थ्यमा समस्या आउने तथा वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फूलको होली खेलेको प्रसंग जोड्दै आफुहरुले पनि फूलको होली खेलेर होली मिलन महोत्सव आयोजना गरिएको बताए।

विगतका दुई वर्ष कोरोना कहरका कारण केही कठिनाइ भएको भएपनि गएका वर्षहरु झै यस वर्ष फागुपूर्णिमाको अघिल्लो दिन बुधबार चैत्र २ गते होली मिलन कार्यक्रम गरिएको बताए । होली मिलन महोत्सवमा धार्मिक सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.