Websoft University

आज ७२ औँ प्रजातन्त्र दिवस— देशभर मनाइदै,


काठमाण्डौ फागुन ७ गते । रातो तारा डट कम, आज ७२ औँ प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी आज मनाइँदै छ । राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गरी ७२ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । नेपाल सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको हो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि. सं. १९९७ माघमा जीवन आहुति दिएका थिए । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात हुदै आएको हो । आज राष्ट्रपति र प्रधानमन्त्रीले पनि शुभ कामना दिनु भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.