Websoft University

गाउँ गाउमा एमसीसीको बिरोध - सुन्दरहरैंचा युवा समाजका युवाहरुले गरे राँके जुलुस निकाल्दै एमसीसीको विरोधमा गरे प्रदर्शन


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा सुन्दरहरैंचा युवा सेवा समाजका युवाहरुले राष्ट्रघाती एमसीसी विरुद्ध राँके जुलुस निकाल्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
हिजो  शुक्रबार साँझ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरुद्ध युवाहरुले सुन्दरहरैंचा स्थित विराटचोकमा विशाल राँके जुलुस निकालेर, टायर बालेर, एम सी सी खारेज गर, भ्रष्टाचारी होसियार भन्दै नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्।उनीहरूलाई विरोध गर्ने क्रममा प्रहरीले हस्ताक्षेप गरेपनि झुक्याउँदै सडकमा टायर बालेर विरोध जनाएका थिए।

सो प्रदर्शनको क्रममा सुन्दरहरैंचा युवा सेवा समाजका सचिव सरोज लुइँटेलले युवाहरुको भविष्यको लागि अर्थात नेपाली जनताहरुले आफ्नो देशलाई गुमाउन नपरोस् भनेर यो विरोध प्रदर्शन गरिएको बताएका छन्।त्यसैगरी वरिष्ठ सल्लाहकार कृष्ण श्रेष्ठले एमसीसीको बारेमा सत्य तथ्य कुरा नागरिकलाई स्पष्ट पारी संविधानको रक्षा गर्नुपर्ने विषयमा खबरदारी गराउन यस्तो कार्यक्रम गरेको बताएका छन्।

यसैगरी विरोध प्रदर्शनमा युवा सेवा समाजका अध्यक्ष सुवास पाण्डे ,सचिव विजय गुरागाईं ,सामाजिक अभियन्ता सरोज न्यौपाने, ध्रुव रिजाल लगायत सुन्दरहरैंचाका अन्य युवाहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.