Websoft University

जनचाहाना र भावनाअनुसार प्रदेश सरकारले काम गर्दै


विराटनगर ।  रातो तारा डट कम,प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले जनताका चाहाना र भावना अनुसार काम गरिरहेको बताउनुभएको छ । नेपाल टेलिभिजन इटहरीद्वारा उत्पादित कार्यक्रम ‘प्रदेश प्रसङ्ग’मा बोल्दै मन्त्री कार्कीले एक सय दिनको अवधिमा अघिल्ला सरकारले ट्र्याक बाहिर लगेका सुशासनका कुराहरूलाई सहि मार्गमा ल्याएको बताउनुभएको हो ।

अहिलेको सरकारले आगामी दिनमा गर्ने कामको ‘रोडम्याप’ पनि तयार बनेको बताउनुभयो । मन्त्री कार्कीले भन्नुभयो, ‘अघिल्ला सरकारले धेरै कुराहरू ट्र्याक बाहिर लगेको थियो । त्यो कुरा मैले सरकार बाहिर हुँदा पनि प्रस्ट रूपमा राखेको हुँ । त्यस्ता त्यस्ता कुरालाई हामीले ट्याकमा ल्याएका छौँ । साथै हाम्रो मन्त्रालयमा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने हो भन्ने कुराको रोडम्याप पनि बनाएका छौँ ।’

प्रदेश १ को नामकरणमा समेत अहिलेको सरकारले अग्रसरता लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘एउटै पार्टीको दुई तिहाइ बहुमत हुँदा पनि नामकरण हुन सकेन हामी त गठबन्धनमा छौँ, त्यसका लागि हामीले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ । हामीले नामकरण प्रक्रिया अगाडि बढाएका छौँ । नामकररणका लागि हामीलाई नेकपा एमालेको पनि सहयोग चाहिन्छ ।’ नामकरणका लागि आगामी फागुन १० गते सरकारले सर्वदलीय बैठक आव्हान गरेको छ ।

बाहिरको हल्लाजस्तो खर्च बढ्दैन
मन्त्री कार्कीले सरकार विस्तार हुँदा खर्चले धान्न नसक्ने भनेर बाहिर कुरा आइरहेको भन्दै त्यसो नभएको बताउनुभयो । ‘बाहिर जसरी कुरा आएको छ । त्यसो हैन, मन्त्री भनेको सांसद नै हुने हो । सांसदले पनि तलब पाएकै हुन्छन् । मन्त्री हुँदा त्यसमै केही रकम थप्ने मात्र हो । भएकै कर्मचारीले मन्त्रालय चलाउने हो । मन्त्रीलाई गाडी नयाँ किनिएको छैन । पुराना गाडी नै प्रयोग गरिएको छ । सरकार मितव्ययी बनेर काम गरिरहेको छ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.