Websoft University

तीनसय परिवारलाई राहत वितरण


सुनसरी माघ २० गते । रातो तारा डट कम,  इटहरी वडा नम्वर १६ र १७ का तीनसय परिवारलाई राहत वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो ।

इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी,वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीले कोरोना पीडित अति  विपन्न परिवार,एकल महिला,दलित तथा अपाँगताभएकाहरुलाई राहत प्रदान गर्नुभयो । प्रति परिवार ३० केजी चामल,ब्लाङकेट,दुई केजी नुन,दुईकेजी दाल,दुई लिटर तेल,मास्क,सेनिटाइटर वितरण गरिएको आसमान नेपालका सल्लाहकार गुरु प्रसाद सुवेदीले वताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.