Websoft University

प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण


विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५–५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हल्दिबारी, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा ११, बराहक्षेत्रमा २, धरान, बर्जु, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, इलामको  इलाम नगरपालिका र सुर्योदयमा १–१, उदयपुरको चौदण्डीगढी र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, सोलुखुम्वको सोलुदुधकुण्ड, संखुवासभाको खाँदबारी, तेहृथुमको मेन्छेयायेम र खोटाङको केपिलसगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९९ महिला र २२७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितकोे संख्या ४ हजार ७०५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.