Websoft University

संसद बैठक बस्दै– काठकाण्डौका आम जनताहरुले संसद भवन आज पनि बानेश्वर घेराउ गर्ने


काठमाण्डौ फागुन ६ गते । रातो तारा डट कम, प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा छलफलका लागि टेबल गर्ने सरकारकारको तयारी बुझिएको छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको सदनको अवरोध हटाउने बारेमा छलफल हुने सभामुख सापकोटाका सचिवालय जनाएको छ । एमसीसी परियोजनाको बारेमा साझा धारणा बनाउने बारेमा पनि बैठकमा कुराकानी हुने बताइएको छ । 

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले एमसीसी परियोजना बारेको छलफल हुनबाट सभामुखले रोक्न नमिल्ने बताउँदै आएको छ भने आम नेपाली जनताहरुले एमसीसीको खारेज हुनु पर्छ भन्दै आज पनि काठकाण्डौका आम जनताहरुले संसद भवन बानेश्वर घेराउ गर्ने कार्याक्रम राखेको बुझिएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.