Websoft University

शिक्षादिप कलेजद्वारा करिव ७० लाखको छात्रवृति प्रदान


विराटनगर । रातो तारा डट कम,विराटनगरमा रहेको शिक्षादिप कलेजद्वारा करिव ७० लाखको छात्रवृति प्रदान गरेको छ ।

आज शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले लिइएको कक्षा ११ को विज्ञान संकायको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई न्युनतम १० हजारदेखि ९० हजार ५ सयसम्मको छात्रवृति प्रदान गरेको  कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका बताए । छात्रवृति पाउँने विद्यार्थीलाई उनीहरुले कलेजमा बुझाउने रकमबाट मिलान गरि उनीहरुलाई प्रोत्सानस्वरुप रकम बुझाएका विद्यार्थीलाई उनीहरुले पाउँने रकम फिर्ता गर्ने प्रिन्सिपल खडका बताए ।

प्रिन्सिपल खडका अनुसार गतवर्षको यस वर्ष ३० लाख बढी छात्रवृति प्रदान गरेको जनाएका छन् । यसै विच कलेजले लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने करिव १ सय जना विद्यार्थीलाई नगदसहित पुरस्कृत तथा सम्मान गरेको छ  । उनीहरुलाई कलेजका प्रिन्सिपल  खडका, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत संत्रचालकहरु मणिराज भट्टराई, रामचन्द्र अधिकारी, भुपेन्द्र दाहाल र नविनकुमार राय, प्रा. डा आइयस झालगायतले सम्मान तथा पुरस्कृत गरे । कलेजमा कक्षा–११ र कक्षा–१२ गरि करिव २६ सय विद्यार्थीहरु कलेजमा अध्ययनरत रहेको कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.