Websoft University

पुल निरीक्षण सहित संघका विभिन्न कार्यक्रम

 


बिराटनगर २०७८ फागुन ९ गते । रातो तारा डट कम, सोमाबारका दिन संघका अध्यक्ष श्री नवीन रिजालज्यूले संघको पहलमा भारतको बथनाहा स्थित मिरगञ्ज पुलको विकल्पमा निर्मित नयाँ पुलको अवलोकन गरी पछिल्लो अवस्था बारे जानकारी लिनु भएको  छ ।

निरीक्षणको क्रममा अध्यक्षज्यूले सो नयाँ पुललाई अस्थायी रुपमा संचालनमा ल्याउन संघको पछिल्लो माग बमोजिम पुलको दक्षिण तर्फको निर्माण कार्यमा प्रगति भएको जनाउँदै अब केही मिटरसम्म अस्थाई बाटो निर्माण भए पुलको पूर्व तर्फको लेन संचालनमा ल्याउन सकिने बताउनु भएको छ ।

साथै, अध्यक्ष नवीन रिजालज्यूले पुल निर्माणका लागि द्रुतगतिमा भएको पछिल्लो प्रगतिका लागि भारतका सम्बन्धित निकायबाट भएका सकारात्मक कदमहरुका लागि धन्यवाद व्यक्त गर्दै आगामी कार्यहरुका लागि सम्बन्धित निकायहरुमा पहल भई रहेको बताउनु भएको छ ।

त्यसै गरी आजै संघका अध्यक्ष श्री नवीन रिजालज्यूले विराटनगरमा संचालनमा आएको हाइलेक्स सेनिटरीको समेत उद्घाटन गर्नुभएको छ । हाइलेक्सका निर्देशक विश्वनाथ आचार्यज्यूको अनुरोधमा संघका अध्यक्ष श्री रिजालज्यूले सो प्रतिष्ठानको उद्घाटन गर्ने क्रममा कोभिड महामारीबाट उद्योग तथा व्यवसाय क्षेत्र धारासायी भइरहेको अवस्थामा व्यवसाय क्षेत्रमा युवा समूहको उपस्थिति आउनु सुखद सन्देश रहेको बताउँदै उक्त प्रतिष्ठानका संचालकहरु श्री विश्वनाथ आचार्य, श्री जितेश कोइराला र श्री सुभाष भगतलाई बधाई तथा शुभकामना दिनु भएको थियो । हाल काठमाडौँ लगायत विभिन्न स्थानमा बिक्री कक्ष रहेको हाइलेक्सले प्रदेश नं। १को राजधानी विराटनगरमा समेत विक्री वितरण शरु गरेको छ ।

त्यसैगरी मिति २०७८ फागुन ८ गते, मोरंग व्यापार संघ, महिला उद्यम समितिले परोकारघाट स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालवालिकालाई लक्षित गरी मास्क र सेनिटाईजर वितरण गरेको थियो । संघको महिला उद्यम समितिकी संयोजक श्रीमती वन्दना जैनज्यूको नेतृत्वमा गएको महिला उद्यमीहरुको टोलीले सेनिटाइजर, बेबी मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालयका प्रधानाध्यापक श्रीमती सीता दाहालज्यूलाई हस्तान्तरण गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.