Websoft University

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड


पाँचथर । रातो तारा डट कम,प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 


कारागारमा रहेका कैदीहरूले अनुशासन वहन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ुयहाँ घरघरमा श्रीमान् श्रीमतीको झगडा हुन्छ । दुई चार जना बसो भने पनि झगडा हुन्छ । तर यहाँ तपाईँहरू मिलेर बस्नुभएको छ ।ु

उहाँले यहाँ बस्दा होस्टेल बसाइका रूपमा लिनआग्रह गर्नुभयो । कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उहाँले कैदीबन्दीलाई कानूनी परामर्श लिन समस्या भइरहेकोले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो । 

मन्त्री कार्कीले जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिसँग जिल्लाको सुरक्षा स्थितिका बारेमा जानकारी लिनुभएको छ । तीनै सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न उहाँले निर्देशन दिनुभएको छ । 

यस्तै उहाँले पाँचथरको विकाशका लागि प्रदेश सरकार लागि परेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उहाँले जिल्लामा कांग्रेसको पकड बलियो बनाउँदै निर्वाचनमा विजयीगराउर्नुपर्नेमाजोड दिनुभयो । उहाँले भन्नुभयो, अहिले गठबन्द्यनको सरकार छ । यहीँका अर्थमन्त्री पनि हुनुहुन्छ । हामीले विकाश निर्माणका निर्णय सरकारबाटै गर्ने गर्छौ ।

मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्ट्रन्सेसर प्रदान गर्नुभएको छ । कन्सन्ट्रेटरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.