Websoft University

बलात्कार भएको घटना सार्वजनिक

 


श्याम राई÷ उदयपुर  गाईघाट, ९ फागुन । रातो तारा डट कम, उदयपुरमा तीन दिनको अवधिमा नजिकको साईनो पर्ने आफन्तबाट तिन वालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

बलात्कारको उक्त घट्नामा दुई वालिका गर्भवती समेत भैसकेको प्रहरीले जनाएको छ । सौतेलो बाबुबाट झडकेली छोरी, काकाबाट भतिजी र भेनाबाट साली बलात्कार भएको जिल्ला कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले बताए ।

‘फागुन ५ गतेदेखि लगातार भएको बलात्कारको घटनामा आफन्त र नातेदारको संलग्नता रहेको पुष्टि भएको छ ।’ उनले भने । 

जिल्लाको बेलका नगरपालिकामा सौतलो बाबुबाट १४ वर्षिय झड्केली छोरी, उदपुरगढी गाउँपालिकामा भिनाजुबाट १६ वर्षिया साली र त्रियुगा नगरपालिकामा काकाबाट ११ वर्षिया बालिका बलात्कृत भएको डिएसपी गौतमले बताए । पटक, पटक बलात्कृत झड्केली छोरी र साली भने गर्भवती अवस्थामा रहेको उनले बताए । दुबै मध्ये एक जना चार महिना र अर्की सात महिनाको गर्भवती रहेको खुलेको छ र पिडित वालिकाहरुको भनाई उद्धृत गर्दै प्रहरीले उनीहरुलाई डर धम्कि देखाएर लामो समयदेखि आफन्तले बलात्कार गरेको जनाएको छ । पिडितको आफन्तको जाहेरीमा बलात्कारमा संलग्न उनीहरुलाई पक्राऊगरि कानूनी प्रकृया शुरु गरेको छ  ।

डिएसपी गौतमले झड्केली छोरीलाई गर्भवती बनाएर प्युठानबाट बेलका नगरपालिकाको रामपुरमा लुकाएर राखेको अवस्थामा सौतेलो बाबुलाई पक्राऊ गरिएको बताए । बलात्कारमा संलग्न उनलाई कार्यवाहीको लागि आईतबार प्युठान जिल्ला पठाएको प्रहरीले जनाएको छ ।

फागुन ६ गते साली बलात्कार गर्ने भिनाजु र भतिजी बलात्कार गर्ने काकालाई ५ फागुनमा पक्राऊगरि प्रहरीले बलात्कार मुद्दा चलाईएको छ ।

बलात्कारको घटनामा आफन्तका व्यक्ति संलग्न भए पनि पिडितको उजुरीको कारण प्रहरी समक्ष पुगेकोले प्रहरीले कार्यवाही अघि बढाएको हो ।

चालू आर्थिक वर्षमा जिल्लामा २१ बलात्कारको घटना प्रहरीमा दर्ता भएकोमा १० वर्ष मुनी उमेरका २, १० देखि १८ वर्ष उमेर समूहका ८ र १८ वर्ष उमेर माथिका ११ वटा बलात्कारको घटना रहेको प्रहरीले जनाएको छ । बलात्कारको घटनामा अधिकांश आफन्तको संलग्नता रहेको खुलेको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.