Websoft University

प्रदेश १ मा ५५ जनामा कोरोना संक्रमण


विराटनगर, ९ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा १४, सुनसरीमा ९, झापामा ७, संखुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६, रतुवामाईमा ३, बुढीगंगा, सुन्दरहरैचा, जहदा, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ४, इटहरी, बर्जु, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३, भद्रपुर, हल्दिबारी, दमक र विर्तामोडमा १–१, संखुवासभाको पाँचखपन र धर्मदेवीमा १–१, तेहृथुमको फेदाप र छथरमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, धनकुटाको चौवीसे र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४ महिला र ३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.