Websoft University

रिटमा अन्तरिम आदेश जारी भए स्थानीय निर्वाचनको मिति सर्नसक


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम, आगमी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्व सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुनेभएको छ । महोत्तरीको भँगाहा नगपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गर्नुभएको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ । २०७४ सालको अजोजमा निर्वाचित भएको  तर सविधानले तोकेको पाँच वर्ष कार्यकाल नपुग्ने भएकाले वैशाख ३० को निर्वाचन संविधान विपरित हुने उहाँले रिटमा जिकिर गर्नुभएको छ । तीन चरणमा सम्पन्न भएको निर्वाचनमा दोस्रो र तेस्रो चरणमा निर्वाचित पदाधिकारीको पाँच वर्ष नपुग्ने दावी गर्दै रिट दर्ता गराएका हुन । आजको सुनुवाइले माग अनुसार अन्तरिम आदेश जारी भयो भने स्थानीय तहको निर्वाचनको मिति सर्नसक्ने भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.