Websoft University

फुटवलका आज दुई खेल हुने


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । आजको खेलमा विजयी भए एनआरटी शीर्ष पाँचमा उक्लने छ । यस्तै हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा छ । दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लब क्लबबीचको खेल दिउँसो पौने ५ बजे हुनेछ । एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.