Websoft University

काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको फाइजर खोप आजबाट लगाउन सुरु


काठमाण्डौ माघ २४  गते । रातो तारा डट कम, काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा आजबाट लगाउन  सुरु गर्ने भएको छ  । जिल्ला खोप समन्वय समिति काठमाडौँको माघ २० को निर्णयअनुसार काठमाडौं महानगरपालिकाले भोलिबाट फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाइ लगाउने भएको हो । महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० देखि साँझ ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ र पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो खोप लगाएको कार्डको लिएर नजिकको खोप केन्द्रमा जानुपर्ने सुचनामा उल्लेख गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.