Websoft University

क्रिकेट टोली ओमान भ्रमणमा जाने


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम, नेपाली क्रिकेट टोली ओमान भ्रमणका लागि भोलि जाँदैछ । कोरोना भाइरसका कारण टोलीमा खेलाडी थपिन सक्ने सम्भावना बढेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि नेपालले चारदेशीय सिरिज तथा आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ जनाको टिम घोषणा गरेको थियो । टोलीमा खेलाडी थप्ने विषयमा छलफल भइरहेपनि टुंगो लाग्न बाँकी रहेको क्यानले जनाएको छ । विश्वकपको ग्लोबल छनोट अघि आयोजक ओमान, नेपाल, युएई र आयरल्यान्डबीच चारदेशीय सिरिज हुनेछ । नेपालले पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी १८ तारिखमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध १९ तथा तेस्रो खेल क्यानाडाविरुद्ध २१ तारिखमा हुने जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.