Websoft University

निर्वाचन आयोगमा आजदेखि दल दर्ता सुरु


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम, निर्वाचन आयोगले सूचना निकालेर आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि आजदेखि फगुन १५ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने छ ।  दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण लेखापरिक्षण, पाटीको बिधान,लगाएतका आयोगले तोकेको सामाग्री,पेस गर्नु पर्ने छ र उल्लेखित सबै खुलाउनु पर्ने छ । त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने छ । आयोगमा हालसम्म १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्न आह्वान गरेको हो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.