Websoft University

उदयपुरमा ५१ हजार ६ सय ७९जना मतदाता थपिए


गाईघाट २७ माघ । रातो तारा डट कम,उदयपुरमा ५१ हजार ६ सय ७९जना मतदाता थपिएकाछन् । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाष ३० गते हुन गईरहेको स्थानिय निर्वाचनमा ५१ हजार ६ सय ७९जना मतदाताले मताधिकार प्रयोग गर्ने जनाएको छ । जिल्लामा अव थप भएको मतदाता सहित पुरुषको संख्या १ लाख १५ हजार ९ सय ५१ जना र महिला मतदाता को संख्या १ लाख ६ हजार २ सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता पुगेको छ । २०७४ सालको निर्वाचनमा १ लाख ७५ हजार ४ सय ९१ जना मतदाता रहेको थियो । जिल्लामा ४ नगरपालिका र ४ गाउपालिका रहेकोमा त्रियुगा नगरपालिकामा मात्र १३ हजार ६२जना मतदाता थपीएको निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमाल बरालले बताए । उनले दुई जना तेस्रो लिङगी पनि थप भएको बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.