Websoft University

ललितपुरमा बुस्टर खोपको मात्रा आज देखि लगाउन सुरु गर्ने


काठमाण्डौ फागुन ९ गते । रातो तारा डट कम, ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा जगर क्षेत्रका जनतालाई आजबाट दिन सुरु गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै २९ वटा वडाका नागरिकलाई आज र भोलि दुई दिन बुस्टर मात्रा लगाउने बताएको हो । १८ वर्षभन्दा माथिका बुस्टर लगाउन बाँकी रहेकालाई बुस्टर खोप लगाइने छ । यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र पहिले खोप लगाएको कार्ड पनि लिएर जान महानगरपालिकाले नगरवासिहरुलाई सुचना मार्फत आग्रह गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.