Websoft University

एनआरटीले सङ्कटालाई १–० गोल अन्तरले हरायो


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा एपीएफ र न्युरोड टिम एनआरटीले जित हात पारेको छ । आज भएको पहिलो खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो । दशरथ रङ्गशालामा सुरुवाती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । जितसँगै एपीएफ ११ खेलमा १४ अङ्क जोडेर आठौं स्थानमा उक्लिएको छ भने मनाङ ११ खेलमा २० अङ्क जोडेर दोस्रो स्थानमा पुगेको छ । अर्को खेलमा न्युरोड टिम एनआरटीले सङ्कटा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले सङ्कटालाई १–० गोल अन्तरले हराएको हो । जितसँगै एनआरटी ११ खेलमा १७ अङ्क जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने सङ्कटा ११ खेलमा १५ अङ्क जोडेर छैटौं स्थानमा पुगेको हो ।   

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.