Websoft University

प्रहरीले ठुलो परिणाममा अवैध गाजा र त्यसको कारोवारी लाई प्रक्राउ गर्यो


गाईघाट ५ फागुन । रातो तारा डट कम,प्रहरीले ठुलो परिणाममा अवैध गाजा र त्यसको कारोवारी लाई प्रक्राउ गरेको छ ।लागु औषध गाजाको कारोवार र ओसारपसार भैरहेको सूचना पछि इलाका प्रहरी कार्यालय रामपुर बाट खटीएको प्रहरीको विशेष टोलीले उदयपुरको बेलका नगरपालिका ८ सिरुवानी बाट को १ ज २७६१ नम्वर को महेन्द्र पिकअपमा निलो त्रिपालले छोपेर १६ वटा बोरामा प्याक गरेर ल्याउदै गरेको ४०० केजी अवैध गाजा सहित कारोवारी लाई २  बजे विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेद प्रसाद गौतमले बताए । पक्राउ पर्नेहरुमा बेलका न पा – ७ का २९ बर्षिय मनोज राई , सुनसरी वराहक्षेत्र नगरपालिका –१ का २३ वर्षिय मनिष धामी र गाडीधनी एवम् चालक बेलका –८ का २७ बर्षिय गोकुल राई रहेकाछन् । उनीहरुको साथ बाट गाजा सहित नगद ६३ हजार रुपैया समेत बरामद गरीएको प्रहरीले जनाएको छ । अवैध गाजाको कारोवारमा संलग्न उनीहरु लाई लागु औषध ऐन २०३३ बमोजिम आवश्यक थप अनुसन्धान प्रकृया अघि बढाईएको डिएसपि गौतमले बताए ।उदयपुरको पूर्वि भेग बेलकाको तल्लो दक्षिणी भेगको आसपासमा विगत केही बर्ष देखि अवैध गाजाको खेती हुदै आइरहेको छ । त्यस भेगमा उत्पादित गाजा भारत तर्फ निकासी हुने गरेको प्रहरीले जनाएको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.