Websoft University

सरकारले एमसीसीको बिरोधमा उत्रेका जनता र बिपक्षि पाटीलाइ झुक्याएरै भए पनि पास गर्न खोज्दै, जनताको प्रदर्शन आक्रोस झन बढ्दै, आज पनि प्रदर्शन हुने


काठमाण्डौ फागुन १३ गते । रातो तारा डट कम, प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि प्रस्ताव पेश हुने भएको छ । यसअघि हिजो नै प्रस्ताव पेस गर्ने तयारी गरिएको भनिएपनि अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । 

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार छलफलका लागि पेश भएपनि प्रतिनिधिसभा सदस्यले यसबारेमा आ–आफ्नो धारणा राख्नेछन् । 

त्यसपछि एमसीसीका बारेमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि ध्वनी मतले पास भए छलफलका लागि निर्णायार्थ पेश हुने छ । सरकारको नेतृत्व गरिरहेको पाँच दलको गठबन्धनमा अहिलेसम्म काँग्रेसले एमसीसी संसद्बाट पारित गर्ने निर्णय गरेको भएपनि अरु दलले भने अहिले कै अवस्थामा पारित हुन नहुने बताइरहेका छन् । 

काँग्रेसले बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई  ह्वीप जारी गरिसकेको छ । एमसीसीको विरोधमा नागरिक स्तरबाट माओवादी केन्द्र्र, नेकपा एस, राप्रपाले पाटिकै तर्फबाट बिरोध  प्रर्दशन देशभरी र संसद भवन आसपासमा गरिरहेका छन र आज पनि बिरोध प्रदर्शन कायमै रहने भएको छ  । 

एमसीसी संसद्मा पेस भएपछि बढेको आम जनता र पाटीहरुको बिरोध प्रदर्शनलाई मध्यनजर गर्दै, सरकारले झुक्याएरै भए पनि एम सीसी पास गर्न संसद् भवन ओरीपरी कांडेतार लगाएरै सुरक्षा व्यवस्था थप कडा बनाउदै लगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.