Websoft University

जन्मदिनमा झुल उपहार


बेलबारी,मोरङ । रातो तारा डट कम,बेलबारीकी एक जनप्रतिनिधिले आफ्नो जन्मदिनमा झुल वितरण गरेकी छिन्।बेलबारी नगरपालिका वडा नं ४ कि जनप्रतिनिधि आनन्द मोते(अनिशा)ले आफ्नो जन्मदिनका अवसरमा २० जना अपांगता भएका व्यक्तिहरुलाई जन्मदिनको उपहार स्वरुप झुल वितरण गरेको मोरङ नेत्रहीन संघ बेलबारीकी अध्यक्ष सीता बराइलीले बताइन्।

 


जन्मदिनमा गरिने तडकभडकबाट समाजलाई परिवर्तन गर्न र गरिब र अपाङ्गता भएका व्यक्तिहरुलाई जन्मदिनमा सानो उपहारस्वरुप सम्झने प्रयास गरेको हुँ,जनप्रतिनिधि समेत रहेकी आनन्द मोतेले भनिन्।एमाले नेता डि पि राईले आनन्द मोतेको उक्त परोपकारी भावनाको प्रशंसा गर्दै उनीबाट समाजले फरक पाठ सिक्ने अवसर पाएको बताए।बेलबारी नगरपालिककी उपमेयर ढाकाकुमारी पराजुलीले जन्म दिवस मनाउने सन्दर्भहरुमा पश्चिमा रास्ट्रहरुको संस्कारले स्थान लिँदै गएको परिप्रेक्षमा बेलबारीकी जनप्रतिनिधि आनन्द मोतेको यो अभ्यास ज्यादै उदाहरणयोग्य भएको बताइन्।

 कार्यक्रम नेत्रहीन संङ्घ मोरङ बेलबारीको सभाहलमा भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.