Websoft University

आज फुटवलका दुइ खेल हुने


काठमाण्डौ फागुन १३ गते । रातो तारा डट कम, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम फुटवल खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच दिउसो १ बजे खेलको प्रतिस्पर्धा हुने भएको छ । 

जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ । यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा माथिकै समय १ बजे हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

१२ खेलमा ७ अंक मात्र जोडेर १३ औं स्थानमा रहेको ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा पुगेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.