Websoft University

अनेराश्ववियूले गाइघाटमा, परराष्ट्रमन्त्री डा. नारायण खड्का लाई कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गरे


गाईघाट २० माघ । रातो तारा डट कम,गृह जिल्ला आएका परराष्ट्रमन्त्री डा. नारायण खड्का लाई कालो झण्डा देखाउने नेकपा –(एमाले)का भातृसंगठन अनेराश्ववियूका तीन विध्यार्थि नेता लाई प्रहरीले पक्राउ गरेको छ । गाईघाट  बजारमा विहिवार विहान मंन्त्री खड्का लाई कालो झण्डा देखाउने क्रममा प्रहरीले अखीलका केन्द्रीय सदस्य मनोज तामाङ, जिल्ला कमिति अध्यक्ष भुवन दाहाल र सचिवालय सदस्य अस्वीन कार्कीलाई पक्राउ गरेको हो । मंन्त्री खड्का लाई अखिलका विध्यार्थीहरुले संविधानमा भएको ब्यवस्था अनुुसार नै स्थानिय तह को निर्वाचन गरीनु पर्ने , सरकारले गरेको पेट्रोलीयम पदार्थको मूल्यवृद्धि खारेजी गर्नु पर्ने माग राखी कालो झण्डा देखाएका थिए। मंन्त्री खड्का त्रियुगा नगरपालिकाको हिमाली टोल स्थित काग्रेस कार्यकर्ता पुरुषोतम कार्कीको घरमा बास बसेका थियो । निवास स्थल बाट निस्कने क्रममा उनलाई विध्यार्थीहरुले कालो झण्डा देखाएका थिए । पक्राउ परेका तिनै जना विध्यार्थी नेताहरु लाई प्रहरी परिसरमा राखीएको डिएसपि वेद प्रसाद गौतमले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.