Websoft University

एन्फा कार्यसमितिको बैठक बस्दै


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम, अखिल नेपाल फुटबल सङ्घ  (एन्फा) को कार्यसमिति बैठक आज बस्दै छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाएको हो । यसअघि भर्चुअल रुपमा हुने भनिएको बैठक भौतिक रुपमा नै हुन लागेको हो । उपाध्यक्षसहित केहि सदस्यले विरोध जनाएपछि बैठक भौतिक रुपमा बस्न लागेको हो । बैठकमा विभिन्न एजेण्डामा छलफल हुने छ । यस्तै वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनाको छानविन प्रतिवेदन उपाध्यक्ष बिर बहादुर खड्काले प्रस्तुत गर्ने तालिका रहेको छ । यस अघि एन्फाको कार्यसमिति बैठक पुस २२ गते बसेको थियो । बैठकले एन्फाको निर्वाचन अगि जेठको १५ गते गर्ने निर्णय गरेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.